दफा
समितिको गठन
(१) संस्थानको कार्य सञ्चालनको निमित्त नेपाल सरकारले देहायका सदस्यहरू भएको एक सञ्चालक समिति गठन गर्नेछ ः-
(क) नेपाल सरकारले तोकेको व्यक्ति –अध्यक्ष
(ख) प्रतिनिधि, गृह मन्त्रालय (रा.प.प्रथम श्रेणी) –सदस्य
(ग) प्रतिनिधि, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय (रा.प.प्रथम श्रेणी) –सदस्य
(घ) प्रतिनिधि, शिक्षा तथा संस्कृति मन्त्रालय (रा.प. प्रथम श्रेणी) –सदस्य
(ङ) महानिर्देशक, मालपोत विभाग –सदस्य
(च) नेपाल सरकारले देशका धार्मिक, सामाजिक क्षेत्रबाट मनोनीत गरेका गुठी सम्बन्धी काममा अनुभव प्राप्त तीन जना व्यक्ति –सदस्य
(छ) प्रशासक –सदस्य–सचिव
(२) संस्थानमा कार्यकारिणी अध्यक्ष नियुक्त भएमा समितिको सचिवको काम अध्यक्षले तोकेको संस्थानको कर्मचारीले गर्नेछ ।
(३) उपदफा (१) को खण्ड (छ) बमोजिम मनोनीत भएका सदस्यहको कार्यावधि तीन वर्षको हुनेछ र कार्यावधि समाप्त भएपछि पुन मनोनीत हुन सक्नेछन्।
तर नेपाल सरकारले उपयुक्त सम्झेमा कुनै मनोनित सदस्यको कार्याविधि समाप्त नहुँदै निजको सट्टा अर्को व्यक्तिलाई मनोनीत गर्न सक्नेछ ।